सप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु – Nepal Tourism and Hotel Management College

सप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु

Welcoming the students of grade 12 of Sunshine college
February 10, 2022
BHM First Semester Physical Classes will start from 2nd Falgun 2022 (Monday).
February 10, 2022

सप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु

नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेण्ट कलेज, छिनडाँडामा वार्षिक कार्यक्रम अनुसारको सप्ताहव्यापी खेलकुद कार्यक्रम शुरु भएको छ । विएचएम, विविए र विविएविआई पाँचौं सेमेष्टरको संयुक्त आयोजनामा शुरु भएको हो । कलेजका प्रिन्सिपल प्रकास रेग्मीले सोमबार एक समारोहका विच रेफ्री आशिष गुरुङ्गलाई बास्केटवल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभयो । कार्यक्रम उद्घाटन गर्दै प्रिन्सिपल रेग्मीले शिक्षासंगै खेलकुदको पनि महत्व उत्तिकै भएको औल्याउनुभयो ।

खेलकुदले मानव जिवनमा अनुशासनको पाठ पढाउने भन्दै विद्यार्थी जिवनमा अनुशासन सबैभन्दा महत्वपूर्ण पक्ष रहेको रेग्मीको भनाई थियो । यसैविच बास्केटवलतर्फको उद्घाटन खेलमा विएचएम थर्ड सेमेष्टरले फष्ट सेमेष्टरलाई पराजित गरेको छ । अर्को खेलमा विविए सेभेन्थले एचएम ११ लाई तथा विएचएम फिप्तले विविए थर्डलाई पराजित गर्यो ।

एक साता सम्म चल्ने प्रतियोगितामा पु्रुष÷महिला बास्केटवल, पुरुष महिला भलिवल, टेवलटेनिस, रस्साकसी, पब्जी, घैटो फुटाउने, डाल्गोना, र्यामेन च्यालेन्ज, शटपुट, चेस तथा शिक्षक÷कर्मचारीहरुका लागि म्युजिकल चियर लगायतका खेलहरु सामेल गरिएको आयोजक समितिका सुस्मिता बस्यौलाले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता खेलाडीहरुले शिल्ड, मेडल, प्रमाणपत्र सहितको पुरस्कार प्राप्त गर्नेछन् ।