“टक सोे” र “सेफ कम्पिटिसन”, सेफ सन्तोस साह प्रमुख निर्णायक – Nepal Tourism and Hotel Management College

“टक सोे” र “सेफ कम्पिटिसन”, सेफ सन्तोस साह प्रमुख निर्णायक

Congratulations to all the selected students for Chef competition 2021
April 9, 2021
Examinations are postponed till next notice for BHM, BBA and BBA-BI.
May 4, 2021

“टक सोे” र “सेफ कम्पिटिसन”, सेफ सन्तोस साह प्रमुख निर्णायक

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा सेफ कम्पिटेसन–२०२१” कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा प्रमुख अतिथि बिविसि मास्टर सेफ उपबिजेता सन्तोष साह, अतिथिहरु ग्लोवल नेपलीज सेफ फेडरेसनका अध्यक्ष सेफ लक्ष्मण प्रसाद भण्डारी, महासचिव सेफ मोहन गजुरेल, केन्द्रीय सदस्य सेफ विकास डंगोल र केन्द्रीय सदस्य सेफ पशुपति पौडेललाई यस कलेजमा अध्ययनरत पञ्चकन्याले भव्य स्वागत गरेका थिए ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, प्रोग्राम कोअडिनेटर जोक बहादुर थापा लगायतले फुल माला र खादा लगाईदिएर अतिथिहरुको स्वागत गर्नुभएको थियो । विद्यार्थीले विभिन्न भेगका भेष भूषा झल्किने गरि सांस्कृतिक नाच पनि प्रस्तुत गरेका थिए । ६ फिट लामो “वेल्कम सेफ सन्तोस साह” लेखिएको केक पनि काटिएको थियो ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजले नेपालको मात्रै नभईकन विश्वकै चर्चित मास्टर सेफ सन्तोष साहलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसि भएको र उनको शुभ आर्शिवादले विद्यार्थीहरुलाई मार्गदर्शन मिल्ने बताउनुभयो । उक्त कार्यक्रममा यसै कलेजका सेफ राजकुमार कार्कीले सेफ कम्पिटेशनमा भाग लिने विद्यार्थीलाई भाग लिँदा अपनाउनुपर्ने विभिन्न नियमहरुको बारे जानकारी गराउनुभयो । कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीहरुलाई यो ठूलो अवसर मिलेको र बि.एच.एम. दोश्रो, चौथो र छैटौ सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिन सफल भएको र आजको यो कम्पिटिसनमा आफूमा भएको सीपको कुशल प्रतिभा प्रस्तुति गर्ने उत्प्रेरणा मिलेको बताउदै शुभकामना दिनुभयो । साथै बेल बजाएर उक्त कम्पिटेशनको सुरुवात गर्दै मास्टर सेफ सन्तोष साहले कम्पिटिसनको सुरुवात गर्नुभएको थियो ।
जिज्ञासालाई समाधान गर्ने क्रममा “मास्टर सेफसँग टल्क सो” कार्याक्रम पनि सञ्चालन गरिएको थियो । टक सो कार्यक्रममा विद्यार्थीहरु सोनिका श्रीस र प्रतिक गुरुङले सञ्चालन गरेका थिए भने मोडरेसन गर्ने विद्यार्थीहरुले सेफ सन्तोस साहलाई विद्यार्थीबाट आएका प्रश्न सोधेका थिए । प्रश्नको उत्तर दिँदा सेफ सन्तोस साहले आफ्नो अनुभव विद्यार्थीमाझ प्रस्तुत गर्नुभएको थियो । उनले हस्पिटालिटी इन्डष्ट्रिमा धैर्यता, सहनशिलताले नै सफलताको लक्ष्यमा पुग्न सक्ने धारणा गर्नुभएको थियो ।
सेफ कम्पिटेशनको निर्णायकमा सेफ सन्तोष साह, प्रिन्सिपल प्रकाश रेग्मी, सेफ लक्ष्मण भण्डारी र सेफ राज कुमार कार्कीले प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरु छनोट गर्नुभएको थियो । कम्पिटिसनमा कृतिका गौचन प्रथम, साजन गुरुङ दोश्रो र बिमला नेपाली तेस्रो भए । विजेता विद्यार्थीलाई प्रमाणपत्र र शिल वितरण सेफ सन्तोस साह र प्रिन्सिपल प्रकाश रेग्मीले गर्नुभएको थियो ।